कोशी प्रदेश आमसञ्चार विधेयक विरोध प्रदशन

nagariksancharnews.com

कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको 'कोशी प्रदेश आमसञ्चार विधेयक' लाई पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पत्रकारहरूले विरोध गरेका छन्।


नेपाल पत्रकार महासंघ, सखुवासभाको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम गरिएको हो। कार्यक्रममा सहभागी पत्रकारहरूले “प्रेस स्वतन्त्रता जिन्दावाद", “स्वतन्त्रता विरोधी प्रावधान खारेज गर" जस्ता नाराबाजी गरेका थिए।



नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले विधेयकका स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ।

प्रतिक्रिया