स्थानीय तहहरूले स्वीकृत दरबन्दीबाहेक अस्थायी,करार कर्मचारी राख्न नपाउने भएका छन् ।

nagariksancharnews.com

स्थानीय तहहरूले स्वीकृत दरबन्दीबाहेक अस्थायी,करार कर्मचारी राख्न नपाउने भएका छन् । शुक्रबार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गर्दै शिक्षकहरूको हकमा भने उक्त विषय लागू नहुने भएको हो । 

Tata
Futuressoft

'प्रस्तुत विषयमा अर्थ मन्त्रालयको २०८२/६/७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको प्रेस विज्ञप्तिको बुँदा नं (५) को सङ्गठन संरचना सुधार अन्तरगतको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने। भन्ने उल्लेख भएकोमा कतिपय स्थानीय तह र विद्यालयबाट करार शिक्षकको सन्दर्भमा के हुने भन्ने सोधनी भइरहेकाले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने व्यहोरा निर्देशानुसार अनुरोध छ,' भक्तबहादुर गाेदारद्वारा हस्ताक्षरित सूचनामा भनिएकाे छ । 

551276555_1924665301412230_6595763038625240156_n

प्रतिक्रिया