नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टी अध्यक्षलाई यसरि प्रतिवेदन प्रसतुत्

nagariksancharnews.com
नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टी अध्यक्षलाई यसरि प्रतिवेदन प्रसतुत्
क अध्यक्ष ज्यु ,
हार्दिक अभिबादन ।
बिषय: दशौ केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत प्रतिबेदन ।
राष्ट्रवाद, समृद्धि र विकासको पक्षमा अभूतपूर्व काम गरेको प्रतिफलस्वरूप हाम्रो पार्टी र अध्यक्षमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले योजनाबद्ध षड्यन्त्र गरेका छन्। उक्त षड्यन्त्रअन्तर्गत ‘जेन्जी पुस्ता’लाई माध्यम बनाएर देशका महत्वपूर्ण संरचना, राज्यका संवेदनशील दस्ताबेज र सम्पदाहरू ध्वस्त पार्ने अभियान सञ्चालन गरियो। यस क्रममा नागरिकका निजी घर र सम्पत्तिसमेत नष्ट गरिँदा अरबौ मूल्य बराबरको क्षति पुगेको छ।
१९९० को उत्तरार्धदेखि २०१० को सुरुवातसम्म जन्मिएका युवा पुस्तालाई आज ‘जेन्जी (Gen Z)’ भनेर चिनिन्छ। यो नाम पश्चिमी समाजशास्त्रीय वर्गीकरणबाट आएको हो।
भदौ २३–२४ का घटनाहरू कुनै स्वतःस्फूर्त आन्दोलन थिएनन्। ती आन्दोलनको आवरणमा गरिएका योजनाबद्ध हमला हुन्। हमलाको लक्ष्य राष्ट्र, संविधान र सम्बृद्धि र लोकतन्त्र थियो, जसका कारण नेकपा (एमाले) प्रत्यक्ष रूपमा टार्गेट बनाइयो।
हामीले सोच्न पर्छ्।यो अपरेशनको ग्राउन्ड नेपालभित्र तयार भयो कि बाह्य शक्तिहरूले तयार गरे?
अध्ययन र सूचनाले देखाउँछ, यस्ता किसिमका ‘जेन्जी आन्दोलन’ हरू अहिले सम्म ११ देशमा भइसकेका छन्, र केही देशमा अझै जारी छन्। ती सबैमा निम्न समानता पाइन्छः
• एउटै प्रकारका झन्डा र प्रतीकहरू प्रयोग,
• Discord एप्समार्फत योजनाहरू तयार,
• समान एनजीओ/आईएनजीओ नेटवर्कहरू सक्रिय,
• प्रदर्शन अघि Google Map मा लक्षित संरचनाहरू अपलोड,
• तोडफोड र आगजनीमा सोडियम, म्याग्नेसियमजस्ता केमिकलहरू प्रयोग।
यी सबै घटनाले देखाउँछ । यो केवल स्थानीय असन्तोष होइन, पूर्व–योजनाबद्ध अन्तर्राष्ट्रिय पोलिटिकल अपरेशन हो, जसको उद्देश्य राष्ट्रिय संरचना र राजनीतिक स्थायित्व ध्वस्त पार्नु र उनीहरुको स्वार्थ पुरा गर्नु हो ।
नेपाली र वास्तविक जेन्जी पुस्ताका माग व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तन मात्र थियो।
उनीहरूको असन्तोष भ्रष्टाचार, नाताबाद र सामाजिक सञ्जालमा आफ्नो आवाजको पहुँच घट्ने डरसँग जोडिएको थियो। तर बाह्य शक्तिहरूले यही असन्तोषलाई प्रयोग गरेर देशविरोधी दिशामा मोडिदिए।
ब्ल्याक–एनर्जीको प्रतीक ‘लुसिफर’ को नामले चिनिदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने र उनको स्वतन्त्र पार्टी र मौकामा चौका हान्ने प्रचण्ड यी आन्दोलनका मुख्य मतियार हुन्। यीनलाई उचित कार्बाही गर्नु पर्दछ्।
यस्तो परिस्थितिमा हामीले तत्कालै व्यवस्थित रूपमा निम्न कार्यभार पुरा गर्नु पर्दछ।
१) पार्टीमा नेतृत्व परिवर्तन अनाबस्यक तर्क हो। अध्यक्षको ब्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित सित्बनाउनु पर्छ।
• निष्क्रिय रहेका प्रभाबहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरुको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटि पुनरगठन गर्नु पर्छ।
• जेन्जीको आन्दोलनमा मल जल गर्ने र पार्टीको विरुद्ध लाग्नेहरुलाई पार्टीबाट बिदा गर्नुपर्छ ।
२) असंवैधानिक रूपमा बनेको सरकार, कानुन विपरीत प्रधानमन्त्री बनेकी पुर्व प्रधानन्यायधिस सुशिला कार्की र असंबैधानिक संसद् विघटन विरुद्ध कानुनी र प्रतिरोधि जन आन्दोलन र अभियान सञ्चालन गर्नु पर्दछ।
३) आन्दोलनको नाममा चोरी, डाका, ठगी र लुटपाटमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नु पर्दछ।
• प्रभावितहरूको न्याय राहत र दीर्घकालीन पुननिर्माणका लागि सरकारलाई दबाब दिने।
४) संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षा गर्न लोकतान्त्रिक दलहरूसँग सहकार्य गर्दै आबास्यक परे मोर्चा बनाएर आन्दोलन गर्ने।
• INGO ले बनाएको असंबैधानिक सरकार निरंकुशता तर्फ अघि बडेको र निर्वाचन तर्फ ध्यान नदिएकोले स्वतन्त्र निष्पक्ष र धाधलिरहित र शान्तिपुर्ण चुनाव हुने बाताबरण बनाउन जनसँघर्ष र दबाब लिनु पर्दछ।
५) संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्य दिशा सुनिश्चित गर्न अध्यक्ष कमरेड के.पी. शर्मा ओलीलाई पोखरामा हुने ११ औं महाधिबेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्दा राम्रो हुन्छ।
क–विद्या भण्डारी जस्ता नेताहरुलाई बैकल्पिक नेता मानेर पार्टीमा अन्तरद्वन्द बडाउन नलागौ। बिकल्प खोज्ने नेताहरु अध्यक्ष को बिकल्प खोज्दै प्रचण्ड र माधब नेपाल संग पुग्ने खतरा छ । तपाईहरु आफै बिकल्प हो किन भन्न सक्नु हुन्न्।
बरु अब हामी तपाईहरुको बिकल्प बनेर आइसकेका छौ । अब हामी संग लडन चुनौति स्विकार्नुहोस। अब पार्टीको सबै निकायमा युवा नेतृत्वको व्यवस्थापन गर्नु पर्दछ्।
७) देशमाथि, एमालेमाथि र हाम्रो पार्टी अध्यक्षमाथि प्रहार हुँदा हामीले ढाड थापेर टाउको बचाउनु पर्थ्यो र त्यो हामीले गर्यौं।
समग्र चुनौतीको सामना गर्न सक्ने पार्टी एमाले नै हो भन्ने कुरा जनताले बुझिसकेका छन्। कार्यकर्ताहरूले पनि बुझिसकेका छन्।
तर, अझै धेरै नेताहरूले यो बुझ्न सकेका छैनन् किन?
८) अध्यक्षज्यूले प्रस्तुत गरेका बिशेष प्रतिबेदनलाई पुर्ण समर्थन गर्दै सर्ब सम्मत पारित गर्ने।

प्रतिक्रिया