सदियौ पहिला उत्पती कालमा आफ्नो पुर्खाहरुले सबैभन्दा पहिले पिउने गरेको पानीको मुहान लाई "चावा" भनिन्छ। आजभोली बसाइ सराइ भएर जता जता रहेपनी बसोबास गरेपनी प्रतेक पैतृक सन्सकार सन्सकृती गर्दा सबै भन्दा पहिले आफ्नो जुजु बराजुहरुले पिएकै पानीको मुहान लाई सबैभन्दा पहिले पुकारिन्छ। कतिपयलाइ त आफ्नो चावा कता छ त्यो पनि थाहा नहुन सक्छ तर पुकार्नु चाहिँ पुकार्छन नै।
सबै भन्दा पहिले चावा किन पुकारिन्छ त?
किनकी राई किराँती समुदाय भनेको प्राकृति पुजक समुदाय हो। जति पनि सजिव प्राणिहरुछन सबै लाई प्राकृतिले नै बचाउछ।त्यही भएर प्राकृतिमा भएको शक्ति आगो, हावा पानी नै बाच्ने बचाउने मुख्य आधार हुन, भगवान हुन।प्राकृति पुजक समुदायले यिनैको पुजा गरिन्छ।त्यै माथी पानी लाई त प्रत्यक्ष रुपमा देखिएर हामिलाइ बचाउने मुख्य शक्तिको रुप ठानी आफ्नो हरेक सन्स्कार गर्दा सबैभन्दा पहिले पुकारिन्छ। जस्को आफ्नो आफ्नै भुगोल सुहाउदो नाम छ। जुन आफ्नो पुर्बजले सदियौ बाट पुकारी आएको हुन्छ।
ती चावाहरु मध्ये दिरिङ डाडा गाउको काखैमा जमिन भित्रढुङ्गाको चेपमा एक विशाल पानीको सुन्दर तलाउ छ जस्लाइ " लुङ्भुमा चावा" भनिन्छ। लुङ भनेको याक्खावा भासामा ढुङ्गा हो। ढुङ्गाको काप बाट रसिएर भुइमा निस्केको हामी लाई सदियौ देखि बचाउने आमा ( लुङ=ढुङ्गा,भु=जमिन, मा= आमा) लुङ्भुमा चावा जस्को अर्थ हुन्छ ढुङ्गाको फेद बाट जमिनमा निस्किएको पानी जुन पानी पिएर सदियौ देखि हामी र हाम्रा पुर्बच बाचे बाच्यौ।
हामिलाइ बचाउने हाम्रो आमा(मा) लुङ्भुमा। जजस्को पुर्बजले यो पानी पिए आज उहाहरु जता जता रहेपनी भए पनि यहि चावा पुकार्छ्न। कोइ कोइ त हाम्रो लुङ्भुमा चावा कस्तो छ भनेर हेर्न पनि आउनुभको छ। जो कोहि लुङ्भुमा चावा पुकारी राख्नु भको छ तर देख्नुभएको छैन भने आएर दर्सन गरि आफुलाइ भाग्यमानी तुल्याउनुस। पुर्खाले टेकेको पाइलाहरुको डामहरुमा आफ्नो पाइला राखी आफुलाइ गर्वित ठान्नुस। एक आम्खोरा पानी कोसेली लानुस अनि पित्री लाई अर्पण गर्नुस।चावाको पानीले तृप्त भै पितृले धनधान्यको आशिर्वाद दिनुहुनेछ।
लुङ्भुमा सम्बन्धी सुनिएको केही मिथकहरु :- ...
१,यो चावाको पानी कप्दाने पोखरीको निकास हो।
२,यो चावाको पानी जमिन भित्र भित्र डेक्युङ्हाङ्मा( नाग दहमा) गएर मिसिएको छ।
३,नाग दहको नागराजा यहि जमिन मुनिको जलमार्ग भइ लुङ्भुमा चावा हुँदै उधौली उभौलि कप्दाने पोखरी सम्म आइजाइ गर्ने गर्छ।
४,उधौली उभौली साउने सक्रान्ती,माघे सक्रान्ती अनि अन्नबाली भित्र्याउदा यो चावामा आएर नाग नागिनको प्रतिमा धानको पिठोको बनाइ चोखो नितो धुपबात्ती गरि चावाको पानी लागि खामाङ्मा चढाउदा सुब्बेफाब्बे हुने।
५,कोहि कसैले सपनामा यो चावाको पानी भरेर घर लगेको देखेमा तत्कालै फलिफाप भएको सुन्नमा आएको ।
आआफ्नो थाकथलोमा हामी सबैले पुकारी आएको चावा हुन्छ।चावा लाई सामेक(सामे) भन्दा पहिला पुकार्ने चलन चल्ती छ।तपाइको पनि पक्कै छ।कमेन्टमा बताउनुस है आफ्नो चावाको नाम ।सबैमा सेवा,हौवा,स्यामुसिङ यौ 🙏🙏🙏