तेस्रो फारा एमएफसी फुटसल प्रतियोगिता हुने मकालु फ्रेन्डस् क्लबको आयोजनामा तेस्रो फारा एम् एफ् सि कप फुटसल प्रतियोगिता हुने भएको छ । विजया दशमीको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिता यहि असोज १० र ११ गते उक्त प्रतियोगिता हुने भएको हो । संखुवासभाको सदरमुकाम खाँदबारीको अनुरोध फुटसलमा हुने प्रतियोगितामा दोस्रो संस्करणको विजेता खाँदबारी युथ क्लब सहित २० टिम सहभागी हुने अनुमान गरिएको आयोजक मकालु फ्रेन्ड्स क्लबका अध्यक्ष विजय कटुवालले जनाएका छन् । अध्यक्ष कटुवालका अनुसार प्रतियोगिताको विजेताले रू ५५,५००, उपविजेताले रू २५००० नगद सहित ट्रफी प्राप्त गर्नेछन् । मकालु फ्रेन्ड्स क्लबले खेलकुद प्रतियोगिता संगसंगै सामाजिक कामहरु समेत गर्दै आइरहेको छ ।
९ असोज २०८२, बिहिबार ०९:०१ मा प्रकाशित