भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ ।
भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो, जहाँ ७६ जनाले ज्यान गुमाएका छन् ।
सुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरेको सरकारी तथ्यांक छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताए ।
केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेको बताए । अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदाहुँदै मृत्यु हुनेको संख्या ४९ रहेको उनले जानकारी दिए ।
हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत रहेका पनि उनको भनाइ छ ।
उनका अनुसार आजसम्म १० वटा स्वास्थ्य संस्थाहरूमा अहिले पनि आन्दोलनमा घाइते भएकहरूको उपचार भइरहेको छ । हालसम्म २ हजार ३ सय १६ जना घाइतेहरूले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएका तथ्यांक छ ।
र २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किएका पनि डा. बुढाथोकीले जानकारी दिए । 'एम्बुलेन्समार्फत त्यसबेला अस्पताल पुग्ने घाइतेहरू लगभग ९ सय ४७ जना हुनुहुन्छ,’ उनले भने ।
_RJ0sIksOAC.jpg)
_uRMizkN4dA.gif)
_CsGSub0UVg.gif)
