फेरि उथलपुथलको संकेत: जेनजीका दुई दर्जनभन्दा बढी समूहले जारी गरे आन्तरिक सर्कुलर

nagariksancharnews.com
फेरि उथलपुथलको संकेत: जेनजीका दुई दर्जनभन्दा बढी समूहले जारी गरे आन्तरिक सर्कुलर
काठमाडौं, असोज २१ । हालै केही समय शान्त देखिएको जेनजी आन्दोलन फेरि सक्रिय बन्दै गएको संकेत देखिएको छ। देशभर फैलिएका जेनजीका करिब दुई दर्जनभन्दा बढी क्षेत्रीय समूहहरूले आन्तरिक सर्कुलर जारी गर्दै आफ्ना सदस्यहरूलाई ‘तयार रहन’ निर्देशन दिएका छन्।
स्रोतहरूका अनुसार ती सर्कुलरहरूमा सरकारका कदम र अख्तियार, प्रहरी प्रशासनमा भइरहेको गतिविधि प्रति असन्तुष्टि व्यक्त गरिएको छ। केही समूहहरूले पुनः देशव्यापी आन्दोलनको तयारी थालेको बताएका छन् भने केन्द्रिय समन्वय टोलीले सबै शाखाहरूसँग प्रतिवेदन मागेको जनाइएको छ।
राजनीतिक वृत्तमा यसलाई आगामी दिनहरूमा नयाँ चरणको आन्दोलनको पूर्वसंकेतका रूपमा हेरिएको छ। सुरक्षा निकायहरू भने संभावित गतिविधि निगरानीमा राख्दै सतर्क रहेको बताइएको छ।

प्रतिक्रिया