(आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका नाममा गरिने तोडफोड,

nagariksancharnews.com
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका नाममा गरिने तोडफोड, आगजनी र लुटपाटका गतिविधिले आतंकवादलाई प्रश्रय दिने चेतावनी दिएका छन्।
इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आईजीपी खापुङले पछिल्ला प्रदर्शनहरूमा देखिएको हिंसात्मक प्रवृत्ति नेपालको सामाजिक स्थिरताका लागि गम्भीर खतरा भएको बताए।
उनका शब्दमा
“राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना हो। जब हाम्रो घर सुरक्षित हुँदैन, तब त्यो देशमा आतंकवादको सुरुवात हुन्छ।”
उनले सामाजिक सञ्जालमार्फत मानिसको दिमागमा ‘विध्वंसको बारुद’ भर्दै लैजाने प्रवृत्ति मौलाउँदै गएको उल्लेख गर्दै, त्यसले देशलाई ठूलो दुर्घटनातर्फ धकेल्न सक्ने चेतावनी दिए।

प्रतिक्रिया